अर्घाखाँचीमा कार दुर्घटना, चालकको मृत्यु


बुटवल । अर्घाखाँचीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका कारका चालकको मृत्यु भएको छ । आज साँझ भारतीय नम्बरको एचआर ५५ एयू ८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोदेखि ८ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते भएका कारका चालक मालारानी गाउँपालिका नविन नेपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइए पनि चालक नेपालीलाई राति ९ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले जनाएका छन् ।
दुर्घटनामा परेको कार क्षतविक्षत भएको डिएसपी मल्लले बताए । दुर्घटनामा परेको कार कात्तिक १५ गते इलाका प्रहरी कार्यालय ठाडा अमराईमा इन्टी भएको देखिएको बताइएको छ ।
