आजदेखि बुटवलमा खाना महोत्सव शुरु


बुटवल । आजदेखि बुटवलमा नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परिकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला शुरु भएको छ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गते (आज) देखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए।
मेला सफल बनाउन विभिन्न २७ उपसमिति बनाईएको छ । बुटवलमा २०७५ सालदेखि संघका तत्कालिन अध्यक्ष समुन्द्र जिसीक क्षेत्रको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ । बुटवल उपमहानगर वडा न.७ स्थित सिद्धेश्वर मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पाइने संघका अध्यक्ष भण्डारीले जनाए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरी विभिन्न् जातजातिको झाँकी र साँस्कृतिक नृत्य प्रस्तुतसमेत गरिने भएको छ ।

मेलामा स्थानीय लोक दोहोरी साँझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने जनाईएको छ। सडक खाना महोत्सवलाई ब्राण्ड बनाएको बेला पछिल्लो समय नया ढंगबाट चाडपर्वलाई प्रवर्द्घन हुने गरि कार्यक्रम गर्न लागेको र माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको व्यवस्था, सेल्फी जोन पनि गराईएको प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताएका छन् । मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजन गरेकाा छन् ।