स्थापना दिवशमा ६४ युनिट रगत संकलन

 

 

बुटवल, १५ मंसिर–
आफ्नो ४४ औं स्थापना दिवशका अवसरमा रुपन्देही उद्योग संघले बुधवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ६४ युनिट रगत संकलन भएको थियो । रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा संघले आयोजना गरेको रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाहा गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा संघका अध्यक्ष माधव प्रसाद पौडेलले वर्तमान असहज परिश्थितीमा संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लाग्ने धारणा राख्नु राख्नु भयो । उहाले संघले विगतदेखि गर्र्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नया योजनाहरुको खोजी गरिने जानकारी दिनु भयो ।
कार्यक्रम संघका महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा कार्यक्रम संयोजक लालाहरि पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।