अनाथ आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्वता

बुटवल,पुस७ गते।अभिभावक बिहिन तथा असहाय बालवालिकाको लागि रुपन्देही तिलोत्तमा वडा नम्बर ६ मा अनाथ आश्रम सञ्चालन गरिएको छ ।सडक बालवालिकादेखि अभिभावक बिहिन बालबालिकाका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमको बुधबार २५ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्वता जनाएका छन्। अभिभावक बिहीन बालवालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने उनीहरुले प्रतिवद्वता जनाएका छन्।कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो। तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भैसकेकाले अब बालवालिकाका हरेक अकिार र सुविधाप्रति सहयोग पुग्ने बताए।बालवालिकाहरुको पालनपोष्णदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने बताए। ।आश्रमकी अध्यक्ष मैनतादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताइन।। अध्यक्ष मैनादेवीले आश्रमको अहिले ५० लाख अक्ष्यकोष रहेको जानकारी गराउंदै कोरोना संक्रमणका कारण १ करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगमी दिनमा पुराउने प्रतिवद्वता जनाइन।आश्रम सञ्चालन र अक्ष्यकोष पारदर्शी रुपले सञ्चालन भएको बताउंदै शंका लागेमा निगरानी गर्न आग्रह गर्दै बैंकमा रहेको अक्षय कोषको ब्याजबाट आश्रमका लागि खर्च गरिने अध्यक्ष मैनादेवी भण्डारीको भनाइ छ।
कार्यक्रममा समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार लक्ष्मण पौडेल, प्रकृति भट्टराई,सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ बालवालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका छन्।आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीको अध्यक्षता र कृष्ण ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो । उक्त आश्रममा अहिले १० जना बालवालिका छन् । तिलोत्तमा मणिग्रामकी मैनादेवी भण्डारीको एकल प्रयासमा सञ्चालित अनाथ आश्रमबाट २८ जना बालवालिकाले उच्च शिक्षा लिएका छन् ।