बुटवलको मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम
बुटवल, पुस १०। रुपन्देहीको बुटवलस्थित रामनगरमा सञ्चालित मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम चयन भएका छन् ।अस्पतालका संस्थापकसमेत रहेका आलम सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सञ्चालक संस्था गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको आज शनिबार नवौ वार्षिक साधारण सभा तथा तश्रो अधिवेशन हुंदै छ।
औपचारिक रुपमा घोषणा नभएपनि एजाज आलम अध्यक्षसहित नयां नेतृत्व शुक्रबार नै चयन भएको बुझीएको छ। संस्थाको विधानमा अध्यक्ष बाहेक अरु पदाधिकारी कार्यसमितीको पहिलो बैठकले चयन गर्ने व्यवस्था गरिए बमोजिम अहिले अध्यक्ष र कार्यसमिती सदस्य मात्रै निर्विरोध निर्वाचित भएका हुन्। जसअनुसार कार्यसमिती सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल,विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्रसिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्रकुमार अग्रवाल निर्वाचित हुनुभएको हो। त्यस्तै संस्थापक खुल्ला सदस्यतर्फ बोनिन पिया, दिनेशराज रेग्मी, गुणनिधी भण्डारी, हिरामणी भट्टराई, जीवनप्रसाद अधिकारी र शिवकुमार पाठक निर्विरोध निर्वाचित भएका छन् ।संस्थागत सदस्य महिलातर्फ भगवती पाण्डे र बनिकादेवी शर्मा निर्वाचित भएको निर्वाचन समितीले जनाएको छसंस्थाको कार्यसमितिमा अस्पतालका निर्देशक, रुपन्देही उद्योग संघ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ डाउनटाउनबाट एकएक जना पदेन सदस्य मनोनित हुने व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए। संस्थाको साधारणसभा, अधिवेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौ स्थापना दिवसलाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष आलमले बताए।बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको थियो।