धुर्वतारा सयपत्री सहकारीद्वारा बुटवलमा रक्तदान


बुटवल,पुस ११ गते।बुटवलको धुर्वतारा सयपत्री बचत तथा ऋण सहकारीले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको नियमति कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बुटवलको रक्तसञ्चार सेवा केन्द्रमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सहकारीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक विनोद खनालले जानकारी गराए। थोपा थोपा रक्तदान, त्यसैले बचाउं छ मानव जीवन, रक्तदान गरौं आफु पनि बचौ अरुलाई पनि बचाऔं भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।सोही कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीहरुलाई मानवीय सेवा तथा सामाजिक क्रियाकलापमा केन्द्रित गर्नुपर्ने बताए।सहकारीका अध्यक्ष मानबहादुर केसीको अध्यक्षता र राज केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
