समयमा बन्न सकेन धार्मिकस्थल रिणीको तीनमुखे पुल

श्यामलाल पोखरेल
बुटवल,पुस १४। धार्मिक पर्यटकीयस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिणीमा निर्माणधिन तीनमुखे पुल अलपत्र परेको छ। २०७१ सालमा टेण्डर परेर निर्माणको काम शुरु भएको पुल २०७४ मा सम्पन्न हुने सम्झौता भएको थियो। तर अहिलेसम्म बन्न सकेको छैन ।ठेकेदार कम्पनीको लापरवाही र अर्को तिर राजनीतिक खिचतनीका कारण पुल समयमा बन्न नसकेको स्थानीयले बताएका छन् ।गुल्मी,पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने कालिगण्डकी, रिणी खोलामा निर्माणधिन तिनमुखे पुल नेपालकै नमुना पुल हो। ठेकदारको लापरवाहीका कारण समयमा पुल निर्माण नभएको रिणीका स्थानीय नवराज विकले बताए।
यही माघ भित्र सम्पन्न गर्नका लागि स्थानीयले दवाव दिएपनि बांकी रहेको काम भने अझै शुरु भएको छैन ।तिन मुखे पुल निर्माण लागि नयां बाटो रुविना मना जेवीले ठेक्का लिएको थियो। सोही कम्पनीका ठेकेदार महेन्द्र अधिकारीले यही माघमा पुल निर्माणको काम सम्पन्न हुने प्रतिवद्वता जनाएका छन्।तार तान्ने काम भैरहेकाले अब छिट्टै निर्माणको काम सम्पन्न हुने ठेकेदार कम्पनीले बताएपनि काम शुरु नभएको स्थानीयको गुनासो छ ।ठेकेदार महेन्द्र अधिकारीका अनुसार उक्त तीनमुखे पुल निर्माणका लागि १० करोड वजेट छुट्टाइएको छ।नेपाली कांगे्रसका नेता चन्द्र भण्डारी र तत्कालिन मुख्यसचिव लिलामणि पौडेल प्रमुख अतिथि रहेर तीन जिल्लालाई जोड्ने तीन मुखे पुलको शिलन्यास गरिएको थियो।
कांगे्रस नेता र मुख्यसचिव लिलामणि पौडेलले उक्त संगमस्थलको पुल शिलन्यास गरेपछि त्यही दिनबाट राजनीतिक अटकराव शुरु भएको थियो ।एमालेको बाहुल्यता भएको उक्त क्षेत्रमा एमालेलाई नै बाइपास गरेर कर्मचारी र कांगे्रस नेताले पुल शलिन्यास गरेपछि एमालेहरु भित्रभित्रै असन्तुष्ट थिए ।रिणी एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उनले भने एमाले पङ्ती असन्तुष्ट भएका कारण पुल निर्माण ढिलाई भएको हो। अहिले स्थानीय एमोलका नेता कार्यकर्ताको सक्रियतामा एमाले नेता प्रदीप ज्ञवालीसंग डेलिकेशन गएर राज्यलाई नै दवाव दिएपछि काम हुन्छकी जस्तो छ उनले भने। उक्त पुल गुल्मी तिरको भाग करिव करिव सकिएको र पाल्पा र स्याङ्जा जोड्ने पुलको भने धेरै काम सम्पन्न हुन बांकी छ। यही पुललाई देखाएर एमाले, कांगे्रस र माओवादीहरु जनतामा भोटको राजनीति गरेपनि अहिलेसम्मपुल सम्पन्न नहुंदा ति राजनीतिक दलहरुमाथि स्थानीयले टिका टिप्पणी गर्न थालेका छन्।