ट्रक व्यवसायिको सहकारीमा लोकराज पोखरेल

बुटवल२५पुस।ट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लोकराज पोखरले निर्वाचित भएका छन्। चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट ट्रक व्यवसायिका नेता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्। नयां नेतृत्वका लागि हरेक पदमा आवश्यक भन्दा बढी उम्मेदवारी नपरेकाले लोकराज पोखरलेको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ। समितिको उपाध्यक्षमा बसन्त खड्का सचिवमा अर्जुन कुमार भुसाल र कोषाध्यक्षमा दीपक थापा चयन हुनुभएको हो। निर्वाचन समितिका यमलाल भुसालका अनुसार समितिको सदस्यमा डिल्लीराम रिजाल, रुमाखर गौतम, लिला श्रेष्ठ, शंकर लम्साल, प्रकाश कुमार पुन, यमबहादुर जीसी र भूमिराम गैरे गोपाल चयन भएका छन्।
समितिको लेखा समितिमाको संयोजकमा यादवप्रसाद पाठक र सदस्यमा विष्णु कंडेल र रविन खरेललाई चयन गरिएको छ ।नयां कार्यसमिति निर्वाचित गर्नु अघि भएको साधारण सभा तथा अधिबेशनमा वोल्ने वक्ताले यातायात व्यवसायीलाई आर्थिक समस्या पर्दा सहज रुपमा आर्थिक जोहो गराउने उद्वेश्यले सहकारीको स्थापना गरिएकाले सञ्चालक समितिले व्यवसायीका समस्या बुझेर काम गर्न आग्रह गरेका थिए ।सहकारीका संस्थापक अध्यक्ष खडानन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी ट्रक यातायात समितिका अध्यक्ष विष्णु खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, वदलिदो बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश गैरे लगायतले सहकारीको उद्वेश्य र महत्वबारे आआफ्ना भनाइ राखेका थिए।