रुपन्देही व्यापार संघमा पदस्थापन सम्पन्न
आत्मनिभर अर्थतन्त्रको विकास गर्न जोड
बुटवल/रुपन्देही व्यापार संघको पुस १९ गते सम्पन्न २० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधवार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एंव प्रदेशसमा सदस्य भोजप्रसाद श्रेष्ठले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि साना व्यवसायहरुको संरक्षण र प्रबद्र्धन गर्न राज्यले आवश्यक नीति नियम निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले व्यापार संघले सामाजिक उत्तरदायित्वप्रति वहन गरेको भूमिकाको प्रशशा गर्दै समाज विकासमा निर्वाहा गरेको जिम्मेवारीलाई समाजले सधै सम्झने बताउनु भयो । उहाले यस क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्रसंगको सहकार्यलाई राज्यका अंगहरुले कहिल्यै नजरअन्दाज गर्न नसक्ने धारणा राख्नु भएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले संघले बुटवलको विकासमा गरेको योगदानलाई कुनै कुरासंग दाजेर हेर्न नसकिने हुदा हिजो संघले उठाएका मागहरु आज पनि उत्तिकै जायज भएको हुदा नया नेतृत्वले त्यसलाई निरन्तरता दिदै शिक्षा, स्वाश्थ्य र पर्यटनको विकास नै व्यवसाय प्रर्वद्धनको आधार भएको जिकिर गर्नु भयो ।
कार्यक्रममा निवर्तमान हुनु भएका अध्यक्ष यमलाल लोहनीले पछिल्लो समयमा कोराना र लकडाउनले व्यवसायीक क्षेत्र निकै प्रभावित भएको बताउदै आहात बनेका व्यवसायीहरुलाई राज्यले राहातका रुपमा सहयोगि हातहरु अगाडी बढाउनुपर्ने धारणा राख्नु भयो ।
नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै व्यावसायीक हितका लागि संघले कुनै प्रकारका असहज परिश्थितीमा पनि काम गर्ने बताउनुभयो ।
उहाले उद्योगीहरुको र व्यवसायीहरुको समस्या अलग प्रकृतिका छन् र फरक–फरक प्रकृतिका विषयहरु हुन् र तिनको समाधानका लागि राज्यका नितिहरु पनि फरक फरक हुनुपर्दछ भन्ने हाम्रो मान्यतालाई अगामी दिनमा पनि स्थापित गर्ने बताउनु भयो ।
दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष यमलाल लोहनीले र सञ्चालन महासचिव दयानिधि भण्डारीले गर्नु भएको थियो । दोस्रो चरण नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद घिमिरेले कार्यक्रमको अध्यक्षता भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष माधव प्रसाद पौडेल, रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरु पदम प्रसाद श्रेष्ठ, मोतीलाल पाण्डे, श्रीकृष्ण पोखरेल लगायत बाल्नु भएको थियो । धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले गर्नु भएको थियो ।
अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल र द्धितीय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सचिवमा फर्सुराम पन्त, सहसचिवमा ऋषिराम पाण्डे र सहकोषाध्यक्षमा मनिराम खनाल(मणी) निर्वाचित हुनु भएको छ ।