कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो
बुटवल/लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो देखाएका छन । पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयाशका बारेमा जानकारी लिएका हुन ।
मुख्यमन्त्री कुल प्रसाद केसीसहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब , सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर उनले आईतबार जानकारी लिए । प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न शुझाब दिए । उनले प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको , सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाईन सञ्चालन हुन नसकेको मिडियाबाट आफुले जानकारी पाएको बताउँदै उनले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्नको लागि शुझाब दिए । सरकारको पहिलो दायित्व नागरिकको जिवन रक्षा भएको प्रमुख बताउँदै शेरचनले विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जिवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।
यस्तै मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिईएको बताए । केन्द्र सरकार र नेपाली सेनाको प्रयाशमा प्रदेशमा रुपन्देही , कपिबस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलबस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब बिकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परिक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिए । नँया भेरियन्टसँगै कोरोना संक्रमण फेलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको बताए । नँया भेरिएन्ट पछि ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको र ५ हजार ३६ जना होम आईसुलेशन , ५० जना संस्थागत आईसुलेशन , ३३ जना आईसियु र १ जना भेण्टिलेटरमा रहेको जानकारी दिए । प्रदेशमा लुम्बिनी प्रादेशिक , भिम अस्पताल , भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको देवकोटाले बताए । प्रदेशका विभिन्न अस्पतालहरुमा ६२४ एचडियु , ,२५३ आईसियु , र ६२ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोना विरुद्धको खोप लगाईएको उनले बताए । अझैं १८ लाख ६२ हजार भन्दा बढि डोज आवश्यकता रहेको सचिब देवकोटाले जानकारी दिए ।
.रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुहरुको नाकामा कोरोना परिक्षण गर्दै आएको र संक्रमण पोजेटिभ देखिएकाको ब्यवस्थापमा समस्या रहेको बताए । बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनिहरुलाई गन्तब्यसम्म ल्यैजानको लागि चुनौंती रहेको गुनाशो पोखे । जिल्लामा अहिलेसम्म ९० प्रतिशतले पहिलो र ८०प्रतिशतले दोश्रा मात्राको खोप लगाईसकेको जानकारी दिए ।
नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रकाश अधिकारीले प्रहरीले कोरोना संक्रमणबाट बच्नको लागि नागरिकमा सुरक्षा सचेतना फैलाईरहेको बताए । नागरिकलाई मास्क वितरण गर्दै जनचेतना फैलाईरहेको जानकारी दिए । भारतबाट आउने गाडीका चालकको कोरोना परिक्षण नहुँदा संक्रमण फैलिन सक्ने भएकाले उनिहरुको चेकको ब्यवस्था मिलाउनु पर्नेमा जोड दिए यस्तै नेपाली सेनाका महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही , बाँके र कपिलबस्तुमा अहिले होल्डिङ्ग सेन्टर निर्माणको काम भईरहेको र कपिलबस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको दाबी गरे । बाँकेको जमुना नाकामा हजार जना क्षमताको लागि बनेको र अहिले ३०० जना राख्न सकिने जानकारी दिए । यस्तै प्रदेशका सभामुख पूर्ण बाहादुर घर्ति , आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का , सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा , स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु लगायतले कोरोना संक्रमण रोकथाम नियन्त्रणका प्रयाशका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।