प्युठानको झिमरुक गाउंपालिकाद्वारा आफ्नै भवनबाट सेवा शुरु

श्यामलाल पोखरेल बुटवल,माघ १४गते। प्युठानको झिमरुक गाउंपालिकाले आफ्नै नयां भवनबाट सेवा शुरु गरेको छ ।आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने पूठानका गाउंपालिका मध्ये पहिलो गाउ.पालिको झिमरुक गाउंपालिका। मुल्य अभिवृद्वि कर(भ्याट) सहित ७ करोड ६ लाख २३ हजार ६ सय ४६ रुपैंयामा नयां भवन निर्माण गरिएको हो। गाउंंपालिकाले बनाएको नयां भवन उद्घाटन गरिएको छ।
भवनको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्यूठानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद दुर्गा पौडेलले उद्घाटन गरेकी हुन्।भवन उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभयो। निर्वाचन नहुंदासम्म हालकै जनप्रतिनिधीहरुले काम चलाउने बताउंदै जनताको नजिकको सरकार स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने बताइन।


उनले प्रादेशिक तहले स्थानीय तहको अधिकार कटौती गरेको भन्दै प्रदेशको खासै काम नदेखिएकाले खारेज गर्नुपर्नेमा जोड दिइन।स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि प्रदेशको आवश्यक नपर्ने र प्रदेशको संरचनालाई नेपालले धान्न पनि नसक्ने नेतृ पौडेलको तर्क छ। झिमरुक गाउंपालिका ४ स्थित भ्यागुतेमा निर्मित दुई तले भवनमा २२ वटा कोठा,बैठक कक्ष, अपाङमैत्री शौचालय, आपतकालिन ढोका,भण्डार कक्ष लगाएत निर्माण गरिएका छन्।भवन चार तलाको बनाउने गरी डीपीआर तयार गरिएको छ।
चार तला पुरा भएपछि लिफ्टसमेत व्यवस्था हुनेछ ।लिफ्ट संचालनका लागि संरचना अहिले नै तयारी अवस्थामा राखिएको छ ।प्रमुख प्रशासनिक भवनसहित धेरैजसो वडा कार्यालयका भवनहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउंपालिका अध्यक्ष तिलकबहादुर जीसीले जानकारी गराएका छन्।आठवडा वडा रहेको झिमरुक गाउंपालिकाको वडा नम्वर १, ३, ४, ५ र ६ नम्वर वडाको नयां भवन बनिसकेका छन्। अन्य वडाका भवन निर्माणको प्रक्रियामा छन् ।