नेपालविद्व ओलीको रिटमा सुनुवाई शुरु
बुटवल,फागुन१ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज फागुन १ गतेदेखि सुनुवाई हुने भएको छ । माधव नेपालसहित १४ सांसदलाई कारबाही र एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध ओलीले दायर गरेको मुद्दाको सुनुवाइ पटक– पटक स्थगीत हुँदै आएको थियो । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ हुने भएको हो ।
नयाँ दल दर्ताविरुद्ध ओलीले वारिसनामामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ । रिटमा १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि एमालेले एमालले माग गरेको छ ।रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।