एमसीसी संसदमा टेबल भएपछि देशभर बिरोध प्रदर्शन


बुटवल, फागुन ८ गते। चैतर्फी बिरोध भैरहंदा अन्नत एमसीसी परियोजना संसदमा टेबल भएको छ । सहमति बिनानै संसदमा टेबल भएपछि देशभर यसको बिरोध भएको छ ।
बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए । उनले एमसीसी.टेबुल गरिरहँदा सत्तापक्षकै र विपक्षी सांसदले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी. टेबल गरेका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदले पनि प्रस्ताव वाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । संसमा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल र नेमकिपाका प्रेम सुवालले संसदमा बोल्दै एमसीसी खारेज गर्न माग गरेका छन। त्यस्तै, नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल र नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पनि संसदमा बोल्दै संशोधनबिना एमसीसी पारित गर्नै नहुने मत प्रकट गरे। पाँचदलीय गठबन्धनमध्ये राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसीसी खारेज गर्ने माग गर्दै आएको छ ।राजमोले एमसीसी लाई संसमा प्रस्तुत गर्ने प्रयासको पनि विरोध गर्दै आएको छ । बाँकी चार दलको फागुन ८ गते बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्बन्धी कार्यसूची तय गरेको थियो । यता, एमसीसी. विरोधमा आठ राजनीतिक दल र स्वयम् सत्तापक्षीय भ्रातृ संगठनले संसद् घेराउ कार्यक्रम जारी राखेका थिए । प्रतिनिधि सभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ । २०७८ फागुन ८ गत आइतबारको बैठकमा राष्ट्रघाती एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगीत भएको हो ।
