स्थापना दिवशका अवसरमा अपाङ्ग आश्रममा खाना

 

 

बुटवल/रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले आफ्नो स्थापना दिवश आइतवार अपाङ्ग आश्रममा रहेका नागरिकहरुसंग एक कार्यक्रम आयोजना गरि मनाएको छ ।
क्लबको आफ्नो तेस्रो स्थापना दिवशका अवसरमा बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुलाई सामुहिक खाना खुवाएर मनाएको क्लबका अध्यक्ष मुक्तिराम भण्डारीले बताउनु भयो ।


सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष विमल ढकालले नेतृत्व विकाससंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्य बोकेको रोट्याक्ट क्लबले समाजमा रहेका असहाय नागरिकको सेवालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले युवाहरुले आफ्नो क्षमता विकाससंगै समाजप्रति जिम्मेवार बन्ने कुरालाई सधै आत्मसाथ गर्नु पर्ने धारणा राख्नु भयो ।
सोही क्लबका बर्ष २०२१–२२ का अध्यक्ष सुमन वस्यालले शारिरिक असक्तताका कारण जिवन जिउन नसक्नेहरुप्रति गरिने माया र सहयोगले युवाहरुलाई उर्जा उत्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।


क्लकबा अध्यक्ष मुक्तिराम भण्डारीको अध्यक्षता, सचिव सुदिप न्यौपानेको सञ्चालन तथा संम्राट सापकोटाको स्थागतमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन इलेक्टेड प्रेसिडेन्ड योगेन्द्र कडेलले गर्नु भएको थियो ।