यातायात व्यवसायी भाडा बढाउने तयारीमा

बुटवल,चैत्र१३गते। कोरोनाका कारण मारमा परेका यातायात व्यवसायीहरुले राज्यबाट केही सहयोग नमिलेको गुनासो गरेका छन् ।राज्यले गर्ने काम गरेपनि राज्यबाट सहयोग,सहुलियत केही नपाईएको यातायात व्यवसायीको गुनासो छ।बुटवल यातायात प्रालिको आइतबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्ने व्यवसायीले आन्दोलनका नाममा धरासायी बनेको यातायात व्यवसाय कोरोनाका कारण थप संकटमा परेको बताए। पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्वि र समयको माग अनुसार बैज्ञानिक भाडादर समायोजना नहुंदा यातायात व्यवसायी चरम समस्या परेको उनीहरुले बताए ।सोही कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका संयोजक डिलबहादुर ढुंगनाले बैज्ञानिक भाडादर कायम नभएकाले यातायात व्यवसायी मारमा परेको बताए। भाडादर समायोजन गर्ने विषयमा यही चैत्र १५ गतेसम्म राज्य सहमत नभए १६ गतेदेखि यातायात व्यवसायी आफैले भाडा बढाउने अध्यक्ष ढ’ंगनाको चेतावनी छ। तेल, टायर र अन्य समानको मुल्यवृद्वि हुंदा पनि भाडावृद्वि हुन नसकेको बताउंदै ११ प्रतिशत भडावृद्विका लागि राज्यसंग माग गरे।प्रालिका पूर्व अध्यक्ष डिलबहादुर थापाले यायात व्यवसायी बैंकको व्याजसमेत चलाउन नसक्ने अवस्थामा पुगेको बताए। गाडिहरुको आयत बढी भएको हुंदा अर्को समस्या आएको बताए।कार्यक्रममा व्यवसायी मधु अर्याल, अशोककुमार श्रेष्ठ, अधिवक्ता जीवनारायण अधिकारी, पे्रस सल्लाहाकार खिमानन्द भट्टराई, लगायतले आआफ्नो भनाइ राखेका थिए। प्रालिको हितमा सहयोग पुराएको भन्दै पूर्व अध्यक्ष तथा संरक्षक डिलबहादुर थापालाई सम्मान गरिएको थियो। त्यस्तै कुशल चालक, कर्मचारी र व्यवसायीलाई पनि सम्मान गरिएको थियो। प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षता र सचिव दीपकप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो।