अहिलेको व्यवस्था मजदुर वर्गको हितमा छैन –चित्रबहादुर
बुटवल,बैशाख१८गते।संसारका मजदुर एक हौ औं भन्ने आह्वानका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीले १३३ औं अन्तर्राष्टिय« मे दिवस मनाएको छ। अन्टुकले रुपन्देहीको बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा मजदुुुुुुुुर दिवस मनाएको हो। सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राज्य व्यवस्था गरिव, निमुखा र मजदुरको पक्षमा नभएको बताए। उनले श्रम गरेर खाने वर्गका समस्या समाधानका लागि जनवादी क्रान्तिमार्फत जनताको राज्य व्यवस्था कायम गर्नुपर्नेमा जोड दिए। अहिलेको पूुुुुुुुुुुुुुुुजीवांदी व्यवस्थाले गरिव निमुखा तथा मजदुरको हितमा काम गर्न नसक्ने भएकाले मजदुर वर्गको अधिकार सुनिश्चित गर्न मजदुर आन्दोलनालाई शसक्त बनाउनुपर्ने बताए। १८८६ मा अमेरिकाको शिकाकोगो सहरमा लाखौंलाख मजदुरहरु आन्दोलनमा उत्रीएपछि साम्राज्यवादी शक्ति झुकेको बताउंदै पुंजीवादी तथा साम्राज्यवादी शक्तिका विरुद्व मजदुर आन्दोलन जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ।अध्यक्ष केसीले परिवर्तनका उपलब्धीलाई संरक्षण गर्नका लागि ओलीको प्रतिगमनका बिरुद्द कांगे्रस लगायतका पार्टीहरुसंग चुनावी गठबनधन गर्नुपरेको बताए। अध्यक्ष केसीले अहिलेको गठबन्धन परिस्थितिले बनाएको बताउंदै स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी जनताको घरदैलोमा जान आग्रह गरे। संघीयता असफल भैसकेको बताउंदै संघीयताले संकटमा परेको नेपालको आर्थिक अवस्था र राष्ट्रियता एमसीसी परियोजनाले झनै संकटमा पर्ने बताए। उमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएकाले संघीयता र एमसीसी खारेजी गनुृको अर्को कुनै विकल्प नभएको अध्यष केसीको दावी छ। अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले पुंजीपति वर्ग मजदुर वर्गलाई अधिकार दिने पक्षमा नभएको बताए।हक अधिकार प्राप्तीका लागि मजदुर एकता जरुरी रहेको बताउंदै मजदुर आन्दोलनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।श्रमजीवी मजदुरका विरुद्व मुठ्ीभर पुंजीपति वर्ग संगठित भएकाले मजदुर आन्दोलनालाई थप व्यवस्थित गरेर शसक्त आन्दोलन नगरेसम्म मजदुर वर्गको अधिकार सुनिश्चित हुन नसक्ने अध्यक्ष लोकराज भुसालको भनाइ छ।उहांले ठुला दलका मजदुर संगठनहरु एमजीओ र आइएनजीओमा लिप्त भएकाले मजदुर आन्दोलन आझेलमा पर्दै गएको बताए।उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यष बद्रे आलम, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, ढुण्डिराज शर्मा, सागर बेल्वासे लगायतले बोल्दै मजदुर वर्गले उत्पादन तथा निमार्ण गरेको वस्तु मजदुर वर्गले प्रयोग गर्न नपाएको बताए। उनीहरुले मजदुर वर्गले काम अनुसारको दाम नपाएकाले मजदुर आन्दोलनको विकल्प नभएको बताए। लोकराज भुसालको अध्यक्षता र गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो।