सरकारले तोकेको भडा नपाएको भन्दै ट्रकहरु नचलाउने निर्णय
बुटवल,जेठ१७गते।पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सरकारले तोकेको भाडा नपाए यही जेठ २० गतेदेखि ट्रकहरु नचलाउने भएको छ ।नेपाल सरकारले तोकेको भाडा नपाउंदासम्म ट्रकहरु नचलाउने र चलाउन नदिने व्यवसायीले निर्णय गरेका छन्।सरकारले तोकेको भाडा दर व्यवहारमा नपाएकाले आन्दोलन स्वरुप जेठ २० गतेदेखि ट्रकहरु घरमा, ग्यारेजमा र पार्किङको व्यवस्था गरी थन्काई ढुवानी रोक्ने विषयमा ट्रक व्यवसायीले सहमती गरेका छन्।पश्चिमाञ्चल यातायात व्यवसायी समितिले व्यवसायीको सहभागिता मंगलबार समितिको कार्यालयमा आयोजित भेलामा बोल्ने व्यवसायीले सरकारले तोकेको भन्दा कम भाडा ल्याएर चलाउने ट्रक व्यवसायीलाई कारवाही गरिने बताएका छन्।भेलामा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादवले सरकारले तोकेको भाडा नपाएसम्म गाडी नचलाउन व्यवसायीलाई आग्रह गरेका छन्।ट्रक व्यवसायीले बैंकको किस्तासमेत तिर्न नसकेको अवस्थामा उल्टै घांटा खाएर गाडि चलाउन नसकिने बताउंदै उनले भने–तेलको मुल्यवृद्वि अनुसार भाडा समायोजन हुनुपर्छ। मृल्यवृद्वि अनुसार भाडा समायोजन भएको छैन।पश्चिमाञ्चल यातायात वयवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा नपाउंदासम्म समितिमा दर्ता भएका कुनै पनि ट्रकहरु नचल्ने र तोकेको भडा पाएमा गाडिहरु सहज रुपमा चल्ने बताए। सरकारले तोकेको भाडा नपाइ ट्रक चलाउनेहरुलाई कारवाही गरिने र तोकेको भाडा नदिई गाडी चलाउन खोज्ने ट्रासपोर्टहरुलाई बहिष्कार गरिने बताए।ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले ट्रकका लागि सरकारले तोकेको भाडा नदिइ चलाउने ट्रासपोर्टहरुलाई कारवाही गरिने चेतावनी दिए।कार्यक्रममा पश्चिमाञ्चल यातायाता व्यवसायी समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, गणेश पन्त, व्यवसायी कृष्ण खड्का,गेहेन्द्र न्यौपाने, गोकुल शर्मा लगायतले बोल्दै भारतीय ओभरलोड गाडिहरु निर्वाद रुपमा नेपालमा चल्दा र सरकारले तोकेको भाडा नपाउंदा व्यवसाय संकटमा परेको गुनासो गरे। समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता र महासचिव हरि कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो।