अमेरिकी सेनाको टोलीद्वारा नेपाली सेनाको तालिम केन्द्र भ्रमण

काठमाडौं,जेठ ३० गते। नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाको एशिया प्रशान्त कमान्डका कमाण्डर जनरल चार्ल्स एलेन सहितको भ्रमण दलको टोली नेपाल आएको छ।कमाण्डर जनरल चार्ल्स एलेन सहितको भ्रमण दलको टोलीले आइतबार पांचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरिसकेको छ।भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको थियो। पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमणका दौरान तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थिति लगायत विविध पक्षको बारेमा जानकारी गराएको नेपाली सेनाले बताएको छ।उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीकोसमेत अवलोकन गरेको छ। अन्तरक्रियाका दौरान नेपाली सेनाका रथी तथा अधिकृतहरु र उक्त भ्रमणदलका सदस्यहरुबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको बताईको छ।