नागरिकता विधेयकविरुद्ध राजमोद्वारा भैरहवामा बिरोध प्रदर्शन


बुटवल,साउन १० गते। नागरिकता विधेयकविरुद्ध राष्ट्रिय जनमोर्चा रुपन्देहीले भैरहवमा विरोध प्रदर्शन गरेको छ । नागरिकता विद्येयकको बिरोध गर्नका लागि आयोजित विरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ तर विदेशबाट आएका बुहारीहरुलाई तत्काल नागरिकता दिन नहुने बताए। उनले प्रतिनिधि सभाबाट पारित नागरिकता विद्येयक राष्ट्रघाती र देशको हितमा नभएको दावी गर्दै भने देश र जनताको हितमा नभएको नागरिकता विद्येयक खारेज गर्नुको अर्को विकल्प छैन । राष्ट्रघाती नागरिकता विधयेक खारेज नगरिए भविश्यमा हामी नेपाली अल्पमतमा पर्ने बताउंदै भने– अहिले हतारमा गरिएको गल्तीले भोली फुर्सदमा पछुताउनु पर्ने अवस्था आउन सक्छ । नेपाली अल्पमतमा परेर नेपाल अर्कैको हातमा जान सक्ने सम्भावना भएकाले अहिले सचेत बन्न सबैलाई आग्रह गरे । नेपाललाई अस्थिर बनाएर आफ्नो स्वार्थ अनुकुल काम गर्ने भारत, अमेरिका र युरोपियन युनियनहरुसंग सचेत नभए भोली देशको अस्तित्व संकटमा पर्ने बताए।उक्त बिरोध समाभा अखिल नेपाल महिला संघका रुपन्देही अध्यक्ष भानु केसी, लिलाराम खनाल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सुदूरपश्चिमाउत्तर क्षेत्रीय समितिका सदस्य आत्मराम न्यौपाने, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूकवहादुर पराजुली। लालचन्द पन्थलगायतले बोल्दै राष्ट्रघाती नागरिकता ऐन, एमसीसी र संघीयता खारेज गर्नुको अर्को विकल्प नभएकाले सडक र सदनबाट आन्दोलन चक्राएर राष्टवादी नागरिकलाई आन्दालनमा सरिक गराउनु पर्नेमा जोड दिए ।
