बुटवलका पूर्व जनप्रतिनिध तथा पत्रकार सुर्य श्रेष्ठको निधन
बुटवल, असोज १ गते । पत्रकार तथा अधिवक्ता सुर्य श्रेष्ठ आजादको निधन भएको छ।
मधुमेहका बिरामी श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहेका उनको आज असोज १ गते बिहान निधन भएको पारिवारीक श्रोतले जानकारी गराएको हो ।
श्रेष्ठ घरमै लडेर घाईते भएका कारण पछिल्लो केही समय यतादेखि उनी हिडडुल गर्न नसक्ने भएपछि घरमै आरम गर्दै आएका थिए ।
बुटवलका स्थायी वासी ६३ बर्षिय श्रेष्ठ पत्रकार महासंघ रुपन्देहीका सदस्य हन् । पत्रकारितासंगै करिव ३५ बर्षदेखि बुटवलमा पत्रकारीता र वकालत पेशा गर्दै आएका थिए ।
उनी साविक बुटवल नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पनि भएका थिए । २०५४ सालको स्थनीय निर्वाचनमा स्व. सुर्य श्रेष्ठ आजाद वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनी पत्रकार र अधिवक्ताको रुपमा परिचित थिए । उनलाई उनकै संस्कार अनुसार अन्त्येष्टी गरिने बताईएको छ ।