गठबन्धनका उम्मेदवार जिताउन पांच दलका नेताको आह्वान
प्रतिगामी ओली भन्दा कांगे्रस हजारौ गुण ठिक – प्रचण्ड
बुटवल, कार्तिक ४ गते । नेपाली कांगे्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षाका लागि गठबन्धन अझै बलियो बनाउनु पर्ने बताएका छन् । गठबन्धनमाथि कुनै संका उपशंका गर्न नहुने बताउंदै संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन अझै केही वर्ष रहने बताए । पांचदलीय गठबन्धले शुक्रबार रुपन्देहीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मंसिरको चुनावपछि देशमा गठबन्धनको सरकार बन्ने दावी गरे ।
देशमा राजनीतिक स्थायित्व र स्थायी शान्ति आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबैलाई आह्वान गरे ।
ओलीको प्रतिगमनका बिरुद्व गठबन्धनलाई अझै बलियो बनाउनु पर्ने र त्यही अनुसार गठबन्धनका उम्मेदवारहरुलाई देशभरबाट जिताउने गरी चुनावमा लाग्न आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बचाउन, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए।
चुनाव जित्नका लागि मात्र गठबनधन नबनेको उल्लेख गर्दै गणतन्त्र उल्टाउने प्रतिगामी शक्तिलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो भने ।
प्रतिगामी शक्तिसंग साठगाठ गरेका ओलीबाट देशको राष्ट्रियता, संविधान र गणतन्त्रमाथि खतरा रहेकाले त्यसका बिरुद्व गठबन्धका उम्मेदवाहरुलाई जिताउन आवश्यक रहेको बताए ।
गणतन्त्र उल्टाउने शक्तिलाई परास्त गरेर गठबन्धलाई सफलता मिलेको दावी गर्दै प्रचण्डले भने– कम्युनिष्टको नाममा प्रतिगामी र प्रतिक्रान्तिकारीको कित्तामा रहेका ओलीहरु भन्दा कांगे्रस हजारौ गुणा लोकतन्त्रबादी शक्ति भएकाले कांगे्रससंग गठबन्धन गरिएको बताए ।
पांचदलीय गठबन्धन नै देशको लागि अग्रगामी शक्ति भएको दावी गर्दै अध्यक्ष प्रचण्डले भने– चुनावबाट प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक आवश्यक्ता अनुसार बनेको गठबन्धनलाई अझै बलियो र प्रभावकारी बनाउनु पर्ने बताए ।
संविधानलाई छेद विच्छेद गराउन र देशलाई बर्वादी हुनबाट गठबन्धने बचाएको दावी गर्दै एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी शक्तिसंग साठगांठ रहेको दावी गरे ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यष रश्मीराज नेपालीले नेपालको राजनीतिक इतिहांसमा खासखास समयमा अग्रगामी शक्तिबीच एकता हुंदै आएको बताए ।
उनले पञ्चायती वयवस्थाको अन्त्य र गणतनत्रको स्थापना, संविधान निर्माणमा पनि अग्रगामी शक्तिबीच एकता भएको बताए ।
देशमा परिवर्तन चाहाने शक्ति एक ठाउं भएकै कारण संविधान बनेको बताउंदै संविधान बचाउन र गणतनत्रको रक्षाका लागि पनि अग्रगामी शक्तिबीच एकता आवश्यक भएको अवस्थामका नेपालमा पांचदलयि गठबन्धन बनेको बताए ।
उनले पांचच दलमा बिचारका आारमा कयैं मतभेद कायमै रहेपनि संविधान र गणतनत्र रक्षाका लागि प्रतिगामी शक्तिका बिरुद्व बनेको गठबन्धनलाई अझै बलियो र विश्वासलो बनाएर गठबन्धनका उम्मेृदवारहरुलाई जिताउनुको विकल्प नभएको बताए ।
नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगमी मंसिरमा हुने चुनावमा देशको हित चाहाने अग्रगामी शक्ति र पश्चगामी शक्तिबीच लडाई हुने बताए ।
उनले चुनावबाट पश्चगामी शक्तिलाई परास्त गरेर मात्र देशको राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षा गर्न सकिने बताए ।
उनल हिजोका तिता कुराहरु भुलेर देशको हितमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेयले देशभरमा गठबन्धनका उम्मेदवाहरुलाई जिताउनका लागि सबै आआफ्नो ठाउंबाट इमान्दार भएर लाग्नु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमुर पुनको अध्यक्षता र नेकपा एकीकृत समाजवादीका नेता यादवबहादुर रायमाझीको स्वागतमा कार्यक्रम भएको थियो ।