निर्वाचन आयोगले दियो चुनाव प्रचारको अनुमति

 बुटवल, कार्तिक १७ गते । आगमी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसार कार्तिक १७ गतेदेखि राजनीतिक दलले अनुमति पाएका छन् ।
निर्वाचन आयोगले प्रचार प्रसारको अनुमति दिएको छ । आजसम्म घरदैलो अभियान मात्रै गर्दै आएका राजनीतिक दल र उम्मेदवारहरुले कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् ।
साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउनेछन् ।