गठबन्धनको पक्षमा प्यूठानीहरुको चुनावी भेला बुटवलमा

बुटवल, कार्तिक १७ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि रुपन्देहीको बुटवलमा चनावी भेलाको आयोजना गरिएको छ ।
संयुक्त बाम लोकतान्त्रिक गठबन्धन प्यूठान रुपन्देही समन्वय समितिले बुटवलमा चुनावी भेलाको आयोजना गरेको हो ।
यही कार्तिक १९ गते शनिबार बिहान साढे १० बजे बुटवलको सुख्खानगरस्थित मेरिगोल्ड होटलमा चुनावी भेलाको आयोजना गरिएको चुनावी भेला आयोजक समितिका संयोजक कृष्ण जीसीले जानकारी गराएका छन् ।
पांच दलीय गठबनधन दलका उममेदवारहरुलाई जिताउने गरी रुपन्देहीको बुटवलमा चुनावी भेलाको आयोजना गरिएको हो ।
एक दिने उक्त बृहत चुनावी भेलामा प्यूठान जिल्लाबाट प्रतिनिधिसभाका उम्मेदवार दुर्गा पौडेल, प्रदेशसभा उम्मेदवार प्यूठान क का कृष्ण अधिकारी र प्यूठान ख का उम्मेदवार रोज राणा आउने कार्यक्रम रहेको चुनाव परिचालन समितिका प्रदीप जीसीले जानकारी गराए ।
त्यस्तै गठबन्धन दल प्यूठानका प्रमुख तथा अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांगे्रस प्यूुुठान रुपन्देही सम्पक समितिका अध्यक्ष महेश पोखरेलले जानकारी गराएका छन् ।
रुपन्देहीको बटवल, भैरहवा, सालझण्डी, देवदह लगायतका विभिन्न ठाउंमा बसोवास गर्दै आएका गठबनधन दल समर्थकको भेलाले प्यूठानको चुनाव प्रचार प्रसारका लागि कृष्ण जीसी संयोजक रहेको १ सय २५ सदस्य चुनाव परिचालन समिति गठन गरिएको छ ।