रुपन्देही १ मा घनश्याम भुसाललाई समर्थन गर्ने बामबुद्धजीविको प्रतिवद्दता
![](http://nayadishaonline.com/wp-content/uploads/2022/11/ghanshyam.jpg)
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/357622966_794524715535073_6037331566326578600_n.jpg)
बुटवल, कार्तिक २७ गते ।रुपन्देही क्षेत्र नं १ का अगुवाहरुले आज देवदह एक भेलाको आयोजना गरी प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई सघाउने निर्णय गरेका छन् ।
रुपन्देहीको देवदहमा स्वतन्त्र बामपन्थी बुद्धिजीविहरुको भेलामा एमालेबाट बिद्रोह गरेका, नेकपा बहुमतसंग निकट रहेका बुद्धिजीवि, बिप्लब निकट बामबुद्धिजीवि, नेकपा एस निकट बाम बुद्धिजिवीहरुले बामपन्थी नेता घनश्याम भुसाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग प्रतिवद्दता जनाएका छन् ।
भेलाले बाम लोकतान्त्रिक गठबन्धनलाई रुपन्देही १ मा सघाउने पनि निर्णय गरेको छ ।
भेलाको अध्यक्षता गर्दै बामपन्थी अगुवा बिष्णु पौडेलले रुपन्देही १ मा त्रिभुज चिन्हमा मतदान गर्दै प्रतिनिधी सभामा घनश्याम भुसाललाई निर्वाचित गर्न सहयोग गर्न जनतालाई आग्रह गरेका छन् । कार्यक्रममा स्वतन्त्र बुद्धिजिवीहरु डिवि मोक्तानले केपी ओलीले संगठन भित्र जनवाद समाप्त पारेकाले बिद्रोह जारी रहेको बताए ।
यस्तै तिलोत्तमा ११ का पूर्व वडाअध्यक्ष मुक्ति चौधरीले घनश्याम भुसाल जत्तिको बौद्धिक नेतालाई जनताको नीति बनाउने थलोमा पुराएर रुपन्देहीका १ जनताले आफ्नो क्षमताको प्रदर्शन गर्नु पर्ने बताए ।
कार्यक्रममा बामपन्थी बुद्धिजीवि सिद्धिचरण भटराईले नेपालका ठूला दलहरुमा पुर्नजागरण र पुनर्गठनको प्रक्रिया तीव्र बनाउँदै समयसंग अद्यावधिक नगरे समाप्तीको दिशामा जाने दावी गरे ।
भेलामा बुद्धिजीविहरु नारायण लुईटेल, इन्द्रजित यादव, थानेश्वर भट्टराई, खडग क्षेत्री, शान्ता मोक्तान, चिन्जीवि काफ्ने, भिम काफ्ले लगायत ५० जना बुद्धिजीविको भेला सहभागिता थियो ।
![](https://nayadishaonline.com/wp-content/uploads/2023/07/308463823_1115005542726158_1075373799681304027_n.jpg)