प्रतिनिधि सभातर्फ लुम्बिनीमा एमाले ११ स्थानमा अगाडी  

बुटवल । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगाणनाको पछिलो परिणामका अनुसार लुम्बिनी प्रदेशमा पांच दलीय गठबन्धन भन्दा एमाले अगाडी छ ।

एमालेले आफ्रनो अग्रतालाई कायम गरिरहेको छ । प्रतिधिसभातर्फ लुम्बिनी २५ निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार एमाले १० स्थानमा अगाडी छ ।

यस्तै दोस्रो स्थानमा देखिएको कांगे्रस ४ स्थानमा अगाडी छ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३,३ स्थानमा अगाडी छ् ।

जारी मतगणनामा लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र उम्मेदवारले १÷१ स्थानमा अगाडी छ न् ।

प्रतिनिधिसभा तर्फ २६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा गुल्मी १ मा स्थगीत भएकाले २५ स्थानमा मत गणना जारी छ ।

यस्तो छ पछिल्लो मतपरिणाम

रुपन्देही– मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा अग्रस्थानमा छन् । उनले सूर्य चिन्हमा २५ सय ३६ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका नेता घनश्याम भुसालले त्रिभुजमा १९ सय ८२ प्राप्त लिएका छन् ।

रुपन्देही–२ः यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलपछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर अग्रता कायम राखेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार ४ हजार १ सय ३४ मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले ४०६९ मत प्राप्त गरेका छन् ।

रुपन्देही–३ मा एमाले, राप्रपा र लोसपाका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा अगाडी छ । गठबन्धनका उम्मेदवार कांगे्रस नेता गृहमन्त्री बालकृष्ण खाँणलाईपछि पार्दै राप्रपाका दिपक बोहोराले बढी मत ल्याएका छन् ।

दीपक बाहोराले  हलो चिन्हमा ६ हजार ३ सय ७३ मत प्राप्त ल्याउंदा  खाँणले रुख चिन्हमा ५ हजार १ सय २४ मत मात्र ल्याएका छन् ।

रुपन्देही–४ ः प्रतिनिधिसभातर्फ रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा ८ हजार ८ सय ४३ मत प्राप्त गरेका छन्, भने काँग्रेसका प्रमोद यादव दोस्रोमा छन् । उनले ३ हजार ६ सय १५ मत प्राप्त गरेका छन् ।

रुपन्देही–५ मा नेकपा एमालेका बासुदेव घिमिरेको अग्रता छ । घिमिरेले   सूर्य चिन्हमा १० हजार २ सय ५५ मत प्राप्त गर्दा कांगे्रसका तथा गठबन्धनका उममेदवार भरत शाहाले रुख चिन्हमा ८ हजार २ सय २२ मत मात्र प्राप्त गरेका छन् ।

दाङ–१ः मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फको जारी मतगणनामा मेटमणीले कलम चिन्हमा २२ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी शान्ता चौधरीले सूर्य चिन्हमा १४ सय ५९ मत प्राप्त गरेकी छन् ।

दाङ–२ः मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले हंसियाँ हथौंडा चिन्हमा ७ हजार ५ सय ११ प्राप्त गरेकी छन् भने नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीले ५ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।

दाङ–३ ः मा प्रतिनिधिसभभातर्फको जारी मत गणनामा काँग्रेसका दिपक गिरी अगाडी छन् ।

कांगे्रका गिरीले ३ हजार ४ सय ६० मत प्राप्त गरेका छन् । एमालेकी कोमल वलीले सूर्य चिन्हमा २९ सय २९ मत प्राप्त गरेकी छन् ।

अर्घाखाँची ः एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायम छ । अर्घाखांचीमा एमालेका टोपबहादुरले जीत हासिल गर्ने करिव करिव पक्का पक्की जस्तै छ ।

कांगे्रस नेतृ तथा गठन्धनकी उम्मेदवार पुष्पा भुसालले ९ हजार २ सय ४१ मत प्राप्त गर्दा एमालेका टोपबहादुर रायमाझीले ११६५२ मत प्राप्त गरेका छन् ।

पाल्पा–१ मा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले सूर्य निन्हमा ३ हजार ४ सय ४२ मत प्राप्त गर्दा दोस्रोमा रहेका  काँग्रेसका ज्ञानबहादुर गाहाले रुख चिन्हमा १४ सउ ७८ मत प्राप्त गरेका छन् ।

पाल्पा–२ प्रनिधिसभातर्फ एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले सूर्य निन्हमा ४ हजार ४२ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले कलम चिन्हमा ३ हजार ९४ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले सूर्य चिन्हमा ५ सय ६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले ४ यसय २१ मत ल्याएका छन् ।

कपिलवस्तु–२ मा काँग्रेसका सुरेन्द्रराज आचार्यको अग्रता छ । आचार्यले रुख चिन्हमा ३८६० मत प्राप्त गर्दा एमालेका बृजेशकुमार गुप्ताले ३ हजार ५ सय ४ मत प्राप्त भएको छ ।

त्यस्तै कपिलवस्तु–३ मा काँग्रेसका अभिषेक प्रताप शाहले अग्रता कायम राखेका छन् । जारी मतगणनामा शाहाले रुख चिन्हमा २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्, भने एमालेका मंगलप्रसाद गुप्ताले सूर्य चिन्हमा २४ सय ३४ मत प्राप्त गरेका छन् ।

एक मात्र क्षेत्र रहेको रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । घर्तीले हंसियाँ हथौंडामा ३ हजार १ सय ६ मत प्राप्त गर्दा एमालेका कैलाशकुमार मल्ले सूर्य चिन्हमा १२ सय ४८ मत मात्र ल्याएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन अगाडी छन् । पुनले ६ हजार ७ सय ६८ मत प्राप्त गर्दा एमालेका पूर्ण बुढामगरले २६ सय १ मत मात्र ल्याएका छन् ।

बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारु ढकिया चिन्हमा ७ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा काँग्रेसका संजय गौतमले ६ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् ।

बर्दिया–२ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले चापाकल चिन्हमा १६ हजार ४ सय ५८ मत गरी अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा माओवादी केन्द्रका सुरेस पन्तले १० हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै एक मात्र क्षेत्र रहेको प्युठानमा एमालेका शूर्य थापाले अग्रता लिएका छन्  एमालेका थापाले ५ हजार ७ सय २० मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले ३ हजार ६ सय ३८ मत पप्त गरेर दोस्रो स्थानमा छन् ।

बाँके–१ ः प्रतिनिधसभातर्फको जारी मतगणनामा नेकपा एमालेका सुर्यप्रसाद ढकालले अग्रता लिएका छन् । एमालेका ढकालले ५ हजार ६ सय ७९ प्राप्त गर्दा नेकपा माओवादीका महेश्वर जंग गहतराजले ४ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् ।

बाँके–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवल शमशेर राणाले  हलो चिन्हमा १३ हजार ३ सय ५५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यस्तै जसपका मोहम्मद इस्तियाक राईले ढल्केको छाता चिन्हमा ८५५९ मत प्राप्त गरेका छन् ।

बाँके–३ मा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका किशोरसिंह राठोरले रुख चिन्हमा ८ हजार २ सय ६१ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतिले ७ हजार ७ सय १८ मत प्राप्त गरेका छन् ।

नवलपरासी–१ मा राष्ट्रि स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले गण्टी चिन्हमा ४ हजार ६ सय ८९ मत प्राप्त गर्दा काँग्रेसका विनोद चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।

नवलपरासी २ मा राप्रपाका धुर्वबहादुर प्रधानले हलो चिन्हमा ५ हजार ३ सय ५९ मत प्राप्त गर्दा काँग्रेसका देवेन्द्रराज कंडेलले १८ सय १५ मत प्राप्त गरेका छन् ।

गुल्मी–२ मा एमालेका सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । एमालेका विष्टले १० हजार १ सय २५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले कलम चिन्हमा ८ हजार ७ मत प्राप्त गरेकी छन् ।

गुल्मी क्षेत्र नम्बर १ मा निर्वाचन हुन बाकी रहेकाले मतगणान भएको छैन । यस्तै प्रदेश सभातर्फ पनि लुम्बिनी प्रदेशमा एमालेका उम्मेदवारहरु अग्रस्थानमा छन् ।