अर्घाखांचीमा टोपबहादुर, रामजी र चेतनारायण विजयी


बुटवल, मंसिर ८ गते । अर्घाखांचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन् ।
रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी भएका हुन् । रायमाझीका प्रतिष्पर्धी गठबन्धनबाट कांग्रेसकी नेतृ पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेर उपविजता बनेकी छन् ।
निवर्तमान उपसभामुख समेत रहेकी भुसाललाई रायमाझीले १७ सय ३० मत अन्तरले पराजित गरेका छन् ।
पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्रीसमेत भइसकेका रायमाझीको संसद यात्रा यो चौथोपटक हो। यस्तै अर्घाखांची प्रदेश सभातर्फ दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अर्घाखाँची प्रदेश (ख) बाट एमालेका रामजीप्रसाद घिमिरे बिजयी भएका छन् । घिमिरेले २२ हजार ७७६ मत प्राप्त गरी निर्वाचित हुंदा कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै अर्घाखाँचीको प्रदेश सभा क मा एमालेका चेतनारायण आचार्य विजयी भएका छन् ।
आचार्यले २० हजार ५ सय ४८ मतका साथ विजयी हुंदा राष्ट्रिय राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका छन् ।
