लुम्बिनी प्रदेश राजधानी सार्ने काम रोक्न एमाले रुपन्देहीको आग्रह
लुम्बिनी प्रदेश राजधानी सार्ने कामको कांगे्सको बिरोध
मंसिर १८ गते । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु दाङ सार्ने काम तत्काल रोक्नुपर्ने बताएको छ । प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न एमाले रुपन्देहीले माग गरेको छ ।
नेकपा रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ती जारी गरी काम चलाउ सरकारले सस्तो लोकप्रीयता कमाउनका लागि मन्त्रालयहरु सार्न हतार गरेको भन्दै सार्ने काम तुरुन्त राक्न माग गरेका छन् ।
अध्यष केसीले आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
स्थायी राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधार नभएकाले जवरजस्ती लैजान खोज्नु गलत काम भएको एमाले रुपन्देही अध्यक्षले केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एमाले रुपन्देहीको विज्ञप्ती
विज्ञप्तीमार्फत ‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद् भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको सर्वविदितै छ ।राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधारसमेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न आग्रह गरिएको छ ।
भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्नपनि विज्ञप्तीमा उल्लेख छ ।
’ विज्ञप्तिमा भनिएको छ – प्रदेश सरकारले तोकेको भौतिक पूर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न अपिल गर्दछौं ।
नेपाली कांग्रेस रुपन्देहीले पनि विज्ञप्ती जारी गर्दै स्थायी संरचना नबन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेको छ ।
कांगे्रस रुपन्देहीले पनि लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु दाङ सार्ने कामको बिरोध गरेको छ ।