प्यूठानका स्व. वीरबहादुरको सम्झना लायक भाषण
लिलाबहादुर केसी
बुटवल, पुस १ गते। पन्चायतकालमा आजको दिन राष्ट्रिय पन्चायतका सदस्यहरु, अन्चलाधिस, पन्चायतका जनवर्गिय संगठनका केन्द्रीय सभापति, जिल्ला सभापतिहरु, त्रिविका प्राध्यापकहरु, नाम चलेका हाइस्कूलका प्रधानाध्यापकहरुलाई मुख्य अतिथि वक्ता बनाई विभिन्न जिल्लामा पौष १ गतेको पन्चायती प्रजातन्त्र दिवस मनाउन पठाइन्थ्यो। करिव ४५ वर्ष अगाडी हुनुपर्छ । अहिले ठ्याक्कै यतीसाल भन्ने मलाई जानाकारी भएन । प्यूठान जिल्लामा पनि पौष १ गतेको कार्यक्रम भैरहेको थियो रे। एउटा वक्ताको रुपमा प्यूठान रातामाटाका नाम चलेका प्रधानाध्यापक वीरबहादुर सिंहलाई मन्चमा बोलाइयो। वीर बहादुर सिंह जी विचारको हिसावले वामपन्थी थिए ।
मोहन विक्रमहरुबाट वामपन्थी ज्ञान आर्जन गरेका, वामदेव गौतमका घनिष्ट साथी र वामदेव गौतमकै जन्म स्थलमा प्रअ भएका वीरबहादुर सिंहले पन्चायती प्रजातन्त्रको गुणगान गाई भाषण गर्ने आपत आइलागेछ। दिलै देखि पन्चायत विरोधी भएकोले उनले बोल्ने क्रममा निकै चतुर्याईं गरेछन्।उनी मन्चमा गई धाराप्रवाहिक रुपमा यसरी बोलेछन् ।
सभापति महोदय
यस कार्यक्रमका मुख्य अतिथि, अतिथि, प्रजिअ, जिशिअ, प्रहरी अधिकृत ज्यूहरु।
आज मलाई यस कार्यक्रममा बोल्ने मौका दिनु भएकोमा आयोजक प्रति आभार व्यक्त गर्दछु। आजको दिन बहुदलीय व्यवस्थाको घांटी निमोठी नेपालका प्रजातन्त्र पक्षधर पार्टीहरु माथी प्रतिबन्ध लगाएको कालो दिन हो। यो कालो दिनको स्मरण गर्दा हामी नेपाली जनताहरुको वाक स्वतन्त्रता, प्रकाशन गर्ने स्वतन्त्रता, संगठन गर्ने स्वतन्त्रता खोसिएको र निरंकुश पन्चायती व्यवस्था जन निर्वाचित नेताहरुलाई जेल नेल र हत्कडी लगाएको दिन २०१७ सालको याद आउंछ।जन इच्छा र भावना विपरित जवर्जस्त लादिएको यो व्यवस्था ले जन हितकारी काम गर्न सक्दैन । जनताहरु दिन प्रतिदिन गरीव हुंदैछन्।
सुकुम्वासी समस्याहरु हल गरिएको छैन। तथाकथित भूमी सुधार लागु गरे पनि नज्ञेन्द्र प्रसादप्रसाद रिजाल जस्ता जमिन्दारका अझै पनि दशैं हजार जÞमीन छन्। जातपात छुवा छुतको अन्त भने पनि समाजमा त्यसको कार्यान्वयन गरिएको छैन ।
यसरी उनले पन्चायत विरोधी भाषण के गर्दै थिए। सिंडिओ रिसले चुरहुंदै डिएसपीलाई झपार्दै यसो भने।
सिडिओः ए डिएसपी साब, के हेरेर बसेको तपाईं? यो अर्राष्ट्रीय तत्वको माइक खोसेर हत्कडी लगाई ठानामा लैजानुस्।
सिडिओको यो आदेश पछी डिएसपी माइक खोस्न के गएथे, बाठा वीर बहादुर जीले तुरुन्तै भनेछन् “ समाजमा मैले भनेका माथीका कुराहरु उच्चारण गर्ने मान्छेहरु पनि यदाकदा पाइन्छन्। यती भन्दै म यहांहरुबाट विदा लिन्छु। धन्यवाद ।”
पछिल्लो वाक्यले वीर बहादुर पनि गिरफ्तार हुनबाट पनि बचे छन् र श्रोताहरुलाई आफ्नो विचार पनि प्रवाह गर्न सफल भएछन्।
यो कुरा मैले धेरै वर्ष पहिले उनको बारेमा कुरा गर्दा सुनेको थिएं।आजकै दिन भएकोले आज मात्र पस्केको हुं।
वीरबहादुर जीलाई नेकपा एमालेले राष्ट्रीय सभामा मनोनित गरी सांसद बनाएको थियो।
अहिले उहां जीवित हुनुहुन्न केही वर्ष अधि निधन भयो ।