सहकारी सञ्चालकको मनोमानीले बचत कर्ता चिन्तामा
सहकारी सञ्चालकहरुले आर्थिक बेथिति गरेको आरोप


बुटवल, माघ २० गते । पछिल्लो समय रुपन्देहीका सहकारीहरु संकटमा परेका छन् । एकपछि अर्को गदै रुपन्देहीका सहकारीहरुको बेथिति बाहिरिन थालेको हो । सहकारी सञ्चालकहरुले गरेको बेथिति बाहिरिएसंगै बचत कर्ताले असुरक्षित महशुस गरेका छन् ।
रुपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुपिम्र,आगन्तुक सहकारीहरुमा हाल बचतकर्ताले रकम निकाल्न नपाएपछि सञ्चालकहरुको बेथिति बाहिरिएको हो ।
लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्याक्ष टिकाराम पोखरेले लुम्बिनी प्रदेश भित्र सञ्चालित केही सहकारीहरुमा समस्या देखिएकाले सरकार कानु्नी प्रकृया अगाडि बढाएको बताएका छन् ।
रिपोर्टर्स क्लवले शुक्रबार बुटवलमा आयोजना गरेको सक्षात्कारमा बोल्दै उपाध्यक्ष पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचत कर्ताको रकममा संचालनहरुले चलखेल गर्दा समस्या आएको स्वीकार गरेका छन् ।
उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफुखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारले समाधान गर्न सकिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएकाले समस्या आएको बताए ।
सहकारी सञ्चालकहरुले सहकारीको मुल्य मान्यता पालना नगरेको,गतल लेखा परिक्षण गरी सहकारी चलाएकाले पछिल्लो समय सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दावी गर्दै उनले भने – कारोबारी सदस्य बनाएका सहकारीहरुमा समस्या छ ।
अध्यक्ष नेपाले भने, २०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपादर्र्शीता कारण यस्तै समस्या आएको बताए ।
अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशीघ्र समस्याको समाधानमा लाग्न आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या आएको बताए ।
वित्तिय अनुसाशन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा वढि गरेकाले सहकारीहरु धरापमा पर्न थालेको उनको तभनाइ छ ।
जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा आर्थिक सुशासन कार्यन्यन नहुंदा बथेति भएको स्वीकार गर्दै उनले भने – बचत कर्ताको पैशा जोखिमा पर्न नदिनका लागि आफुहरु चुप लागेर नवस्ने छैनौ ।
बुटवल उपमहानगरपालिका अन्र्तगत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको जिकिर गर्दै, ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेको वताए । प्रमुख खनालले थपे, उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएको समेत जनाए ।
कृषि बहुउद्देश्य सहकारी १२ वटा ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गरे ।
तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र रहेका सहकारीहरुमा कुनै समस्या नभएको दावी गरेपनि तर उनको नगरभित्र रहेको एक कल्पबृक्ष सहकारीमा समस्या रहेको पाईएको छ ।
साक्षात्कार कार्यक्रमा शिव शिखर सहकारीबाट पिडित बचत कर्ता यज्ञ सापकोटाले नियमन निकायमाथि आक्रोस पोख्दै सहकारीहरुले यसैगरी नागरिकको पैसा नदिएमा प्रेमप्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर धेरैले आत्मदाह गर्न सक्ने भएकाले यस विषयमा गम्भीर बन्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाण्डौं मोडेल नामको बुकलेट शुत्र अनुसार चल्दा केही सहकारीहरुले बचत कर्ताको पैसा जोखिममा पर्दै गएको बताउंदै उनले भने – सहकारीहरुमा बेथितीहरु नियन्त्रण गर्न छिटै कार्यदल गठन गर्नुपर्छ ।
लुम्बिनी प्रदेशमा २०७७ को तथ्यांक अनुसार ३ हजार ७ सय ५५ सहकारीले ४२ अर्व लगानी, ६० अर्व निक्षेप र ६ अर्व सेयर पुँजी रहेको छ । रिपोर्टर्स क्लव नेपाल लुम्विनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
