कांग्रेस नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
बुटवल, फागुन ६ गते । ग्यांस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थामा सुधार आएको छ । स्वास्थ्य अवस्थाको रिपोर्ट अनुसार सबै पारामिटर नर्मल रहेको कांगे्रस श्रोतले बताएको छ ।
सांसद भण्डारीकोे पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।
नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।
डा धनन्जयका अनुसार नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको र उपचार समन्वयमा रहेका कांग्रेस नेता योगराज कंडेलले जानकारी गराएका छन् ।