स्थापना दिवशको अवसरमा जागरुकको निशुल्क सहयोग

 

 

बुटवल/जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो १५ औं स्थापना दिवश एक कार्यक्रमको आयोजना गरि सुरुवात गरेको छ । मंगलवार संस्थाले आफ्नै कार्यालय बुटवल–६ चन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि विभिन्न संस्थाहरुलाई सामाग्रीहरु निशुल्क वितरण गरेको छ ।
संस्थाले बुटवल उपमहानगरपालिका वडा नं. ७ श्रवणपथमा रहेको प्रहरी चौकिलाई स्टिल दराज र डस्टविन तथा नेवाःपुचः(नेवार समाज विकास परिषद), शिव पञ्चायन दुर्गा मन्दिर बुटवल–६ चन्द्रनगर, साई मन्दिर, बुटवल–६, दुर्गा पञ्चायन मन्दीर तथा चन्द्र महिला धार्मिक समुह तथा भुवनेश्वरी मन्दीर, बुटवल–५ लाई डस्टविन प्रदान गरेको व्यवस्थापक सुन्दर रेग्मीले जानकारी दिनु भयो ।


ति संस्थाहरुलाई कार्यक्रकका प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य डिलाराम भण्डारी, संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद वस्याल, सल्लाहाकार सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष चन्द्रमणी भण्डारी, कार्यक्रम संयोजक शिक्षा उपसमिति संयोजक कृष्ण पोखरेल, उपाध्यक्ष हिमलाल भट्टराई लगायतले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मण वस्यालको अध्यक्षता, सचिव श्याम पाण्डेको सञ्चालन तथा उपाध्यक्ष हिमलाल भट्टराईको स्वागतमा भएको कार्यक्रममा प्रहरी चौकिका इन्चार्ज खगेन्द्र पराजुली, नेवाः पुचका प्रतिनिधि चिरञ्जीवी प्रसाद श्रेष्ठ, सल्लाहाकार ज्योति भण्डारी, सल्लाहाकार सन्दिप सापकोटा लगायत बोल्नु भएको थियो ।
संस्थाका अध्यक्ष बस्यालले २०६४ फागुन ३० दर्ता भई सञ्चालनमा आएको यस सहकारीमा १ हजार शेयर सदस्यहरु रहेको छ २० करोडभन्दा बढी पुजी रहेको जनाउदै संस्था राज्यको नीति नियममा बाधिएर सञ्चालनमा रहेको हुदा हुदा कुनै प्रकार समस्या नरहेको बताउनु भयो ।