शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा, चैत्र १ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा मंगलबार अभिभावक भेला भएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले अभिभावकले राखेका जिज्ञासाको प्रतिउत्तर दिंदै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहायक प्रधानाध्यापकहरु किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, माध्यामिक तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिए ।
कार्यक्रमको सहजिकरण कक्षा ९ का संयोजक रजनी के.सी.ले गरेकी थिइन । कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीका अभिभावकको सहभागिता रहेको थियो ।