बुटवल क्याम्समा अनेरास्ववियु र अखिल छैठौंको प्यानल विजयी
बुटवल, चैत्र ६ गते । रुपन्देहीको बुटवलस्थित बुटवल बहुमुखि क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु छैठौंको संयुक्त प्यानल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय भएको छ ।
लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो मानिने बुटवल बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका दुर्गा बहादुर एमसीको नेतृत्वको प्यानल विजयी भएको हो । स्ववियु सभापतिमा अनेरास्ववियुका दुर्गाबहादुर केसीले ९ सय ९३ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ५ सय ८३ मत लिए । उनीहरुबचिको मतान्तर ४ सय १० रहेको छ ।
सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डे, कोषाध्यक्ष शशांक बस्याल विजयी भएका छन् । सदस्यमा नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमल कुमार पासी, र प्रज्वल बस्नेत, विवेक कुवँर विजयी भएका छन् । त्यस्तै सदस्यमा अखिल छैठौका सागर एमसी विजयी भएका छन् ।
कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।
बुटवल बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थ संघ तेस्रो बनेको छ ।