महासंघ रुपन्देहीको निर्वाचन, पाँच संघ संगठनहरु एकठाउँमा

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आसन्न निर्वाचनका लागि रुपन्देहीमा पत्रकार सम्वद्ध पाँच संगठनहरु संयुक्त रुपमा चुनावमा जान सहमत भएका छन् ।  मंगलवार बुटवलमा बसेको भेलाले चैत्र २५ गते हुन लागेको महासंघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बनाई निर्वाचनमा जाने निर्णय गरेको हो ।

विभिन्न पाँच संघ संगठनहरुका प्रतिनिधिहरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्न संयुक्त रुपमा निर्वाचनमा जान सहमती भएको उल्लेख गरिएको छ।

नेपाल प्रेस यूनियन,रुपन्देही सभापति रेखा भुसाल, प्रेस संगठन नेपाल, रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल, रुपन्देही संयोजक विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सचिव डी. आर. बन्जाडे, र क्रान्तिकारी पत्रकार महासंघ, रुपन्देही अध्यक्ष– टेक बहादुर मास्की रानाद्धारा जारी विज्ञप्तीमा साझा भूमिका निर्वाह गर्दै अगाडि बढ्न नेपाल प्रेस यूनियनको नेतृत्वमा पत्रकार महासंघ रुपन्देही शाखाको निर्वाचनमा जाने उल्लेख गरिएको छ ।