लायन्स क्लब अफ सैनामैना बोलबमले बाड्यो शैक्षिक सामग्री

बुटवल, भदौ १३ ।रुपन्देहीको सैनामैनामा क्रियाशील लायन्स क्लब अफ सैनामैना बोलबमले शैक्षिक सामग्री बितरण गरेको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लव बोलवमले आफ्नो नियमति कार्यक्रम अनुसार विद्यार्थीका लागि शैक्षिक सामाग्री बितरण गरेको हो ।

सैनामैना–११ सालझण्डीस्थित जनज्योति आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष जेबि क्षेत्रीले जानकारी गराए । सामाजिक क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब अफ सैनामैना बोलबमले एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री बितरण गरेको हो ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै अध्यक्ष जेबि क्षेत्रीले वार्षिक कार्ययोजना अनुरुप क्लबले प्रत्येक महिना सामाजिक सेवा भावका कामहरु गर्दै आएको जानकारी गराए । ग्राण्ड आइ केयर अन्तरगत नगर क्षेत्रभित्र ५ हजार जना विद्यार्थीको निःशुल्क आखा परिक्षण तथा आवश्यकलाई निःशुल्क आंखा उपचार कार्यक्रम सन्चालन गर्न लागिएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिवलाल गिरीले क्लबले गरेको शैक्षिक सहयोगले विद्यार्थीलाई पठनपाठनमा थप उर्जा मिलेको र राम्रा खालका कार्यक्रमले क्लबलाई स्थानीय जनजीवनमा जोडिनसमेत सहयोग पुग्ने बताए ।

क्लबकी सचिव लायन राधा सिन्जालीको सन्चालनमा भएको कार्यक्रमको कोषाध्यक्ष लायन मोती न्यौपाने, लायन कृष्ण खनाल र लायन सौगात भट्टराईले संयुक्त रुपमा संयोजन गरेका थिए ।