नेपालको त्रिकोणात्मक सिरिजअघि जित
बुटवल/आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनी९पिएनजी० विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ। मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो। नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् -युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।
खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९-३ ओभरमा पूरा गरेको थियो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे। उनले ६५ बलमा २ चौका प्रहार गरे। सोमपाल कामीले नटआउट २२ रन जोडे। उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए। आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे। दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए। शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ३३ ओभरमा १३४ रनमा अलआउट भयो। पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। विक्रम शोव र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारेका थिए ।