सरकारलाई विश्वासको दिन्न चित्रबहादुर

बुटवल, साउन ५ गते । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको बिरोध गरिने बताए । प्रगतिशील पत्रकार संघ नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार चलाउनेहरुको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने बताए । कांगे्रसका सभापति देउवा र एमालेका अध्यक्ष केपी ओलीवीच असार १७ गते राती भएको ७ बुंदे सहमती सार्वजनिक गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ ।

रातारात गरेको ७ बुंदे सहमतीमा के के छ जनतालाई जानकारी गराउनुपर्ने बताउंदै उनले भने जनताको आंखामा छारो हालेर देशलाई कमाइ खानेभाडो बनाउन पाइदैन । छलछामको राजनीतिले राम्रो सन्देश नदिने बताउंदै कांगे्रस र एमालेको वीचमा भएको ७ बुंदेमा संविधान शंसोधन गरेर प्रदेश हटाउने सहमती भए राष्टिय जनमोर्चाले सरकारलाई समर्थन गर्न सकिने बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने बताउंदै दुवै पार्टीका नेताहरुको चरित्र र व्यवहार उस्तै भएकाले यसै भन्न नसकिने बताए ।

संविधान विपरित संसद विघटन गर्नु गलत भएको उल्लेख गर्दै प्रतिगमन दोहोरीने खतरा रहेको तर्क गरे ।उनले सत्ता चलाउंदै आएका दलका नेताहरुको गल्तीका कारण लोकतन्त्र, गणतन्त्रको स्थायीत्व हुन नसकेको दावी गरे । सरकार राम्रोसंग चलाएर जनतालाई राहत दिनुको साटो दलका नेताहरु सत्ता र पदमा केन्द्रित भएकै कारण राजनीतिक दल, लोकतन्त्र र गणतन्त्रप्रति जनतामा वितिष्ण पैदा भएको बताए ।

सत्ता र शक्तिका लागि लागि विदेशीसंग झुकेर जस्तो सुकै काम गर्ने दल र नेताहरुप्रति मिडियाकर्मीलाई खबरदारी गर्न आग्रह गरे । नेपाल जस्तो सानो भूगोल र आर्थिक रुपले कमजोर देशमा संघीय प्रणाली नचल्ने बताउंदै छिटो भन्दा छिटो प्रदेश खारेज गर्नुपर्ने बताए ।

प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र रुपन्देही अध्यक्ष विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।