लैंगिक समानताबारे बुटवलमा अन्तरक्रिया

 बुटवल, साउन ६ गते । स्काउट पिस एन्ड सेक्युरिटी लुम्विनी प्रदेशको आयोजनमा लैंगिक समानता सम्वन्धी बुटवलमा अन्र्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले समाजमा देखिएको महिला पुरुषवीचको विभेद समान्तवादी चिन्तन र बाहिरी रुपमा देखिने व्यावहारले गर्दा महिला पुरुषमा विभेद देखिएको बताइन ।समाजमा देखिएको यस्तो खालको विभेदको अन्त्यका लागि महिलाहरुले निरन्तर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल स्काउट लुम्विनी प्रदेशका स्काउट आयुक्त दिननाथ भट्टराईले नेपाल सरकारले दिएका अधिकारबाट महिला र पुरुषको अधिकार समान रुपमा उपयोग गर्न पाउने र बिभेदरहित समाज निमार्ण भएमा मात्र लैङगिक समानता देखिने बताए । नेपाल स्काउट लुम्विनी प्रदेशले विगतदेखि नै जनचासोका बिभिन्न कार्यक्रमहरु गदै समाज रुपमान्तरका निम्ती महत्वपूर्ण भुमिका खेल्दै आएको बताए । प्रहरी नायक उपरिक्षक बिजय राज पण्डितले लैङगिक समानताका कारण समाजमा बिभिन्न खालका घटनाहरु घटदै आएको बताए ।

ईलाका प्रहरी कार्यलयमा अहिले पनि दैनिक शारिरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसाका घटनाहरु दैनिक रुपमा आउने गरेको बताए । महिला अधिकारकर्मी हेमा न्यौपानेले नेपाल सरकारले महिलाहरुलाई दिएको अधिकार पूर्णरुपमा उपयोग गर्न पाउनु् पर्ने जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ रुपन्देही उपाध्यक्ष अमृता अनमोल, तारा पुरीलगायतले महिला अधिकार कुरा कागजमा मात्रै सिमित हुने र व्यावहार लागु नहुने हुंदा महिलापछि परेको बताए ।