लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
बुटवल, साउन ६ गते । लुम्बिनी प्रदेशजोखबहादुर महरा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल राजीनामा दिएका छन् ।
केन्द्रमा कांग्रेस र एमाले गठबन्धनको नयां सरकार बनेसंगै अल्पमतमा परेका माओवादीका यी दुई मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । कुल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् ।
यस्तै बागमतीका मुख्यमन्त्री जमकट्टेलले आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाए । मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूको उपस्थितिमा प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि अल्पमतमा रहेका उनले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् । गत २०७९ पुस २५ मा जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।