प्रधानमन्त्री ओलीलाई दुई तिहाइको मत
बुटवल, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा दुई तिहाइ सांसदहरुको समर्थन मिलेको छ । कांग्रेससंग सहकार्य गरेपछि ओलीलाई दुइ तिहाईको मत पाउन सहज भएको हो ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत प¥यो भने एक मत तटस्थ रह्यो ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । राट्यि जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले पक्ष विपक्ष कतै पनि मत दिएनन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ बसे ।