लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
बुटवल, साउन ७ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि पेश गरिएको गरेका थिए ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।
लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक परेपनि आचार्यको पक्षमा ५६ जना सांसदको सर्मथन रहेको छ ।