एमाले लुम्बिनीमा विवाद, संसदीय दलका नेता र प्रमुख चतेतकले दिए राजीनामा

बुटवल, साउन ९ गते । एमाले लुम्बिनीमा चर्को विवाद शुरु भएको छ । लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाएर उपनेता चेतनारायण आचार्यलाई पार्टीले मुख्यमनत्रीमा सिफारिस गरेपछि एमालेमा चर्को विवाद शुरु भएको हो ।

मुख्यममन्त्री नभएपछि असन्तुष्ट बनेका लिला गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । त्यस्तै प्रमुख सचेतक तुलसी चौधरीले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।
एमाले उपाध्यक्ष निकट मानिने लिला गिरीलाई मुख्यमन्त्री नबनाएको र महासचिव शंकर पोखरेल निकट मानिने अर्घाखांचकिा चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णप्रति बिरोध भएको थियो । उपाध्यक्ष विष्णु पौडेल निकटका नेता तथा कार्यकर्ताले असन्तुष्ट बन्ै बिरोध गरेका थिए । महासचिव शंकर पोखरेल निकट मानिने नेता तथा कार्यकर्ता खुशी बनेका थिए ।

पार्टीको संसदीय दलको नेता मुख्यमनत्री हुनुपर्नेमा उपनेता हुनुले पार्टीमा गुटले काम गरेको भन्दै एमालेका एक पक्षइि नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहणमा चौधरी उपस्थित भएपनि गिरी भने उपस्थित भएनन् । यसअघि सोमबार आचार्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्दा पनि लिला गिरी उपस्थित भएनन् । प्रदेश प्रमुख समक्ष पेश गरेको दावी पत्रमा पनि एमालेको तर्फबाट लिला गिरीले हस्ताक्षर नगरी चेतनारायण आचार्य आफैले हस्ताक्षर गरेको बताईएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडल र महासचिव शंकर पोखरेलले एमालमा गुट छैन भन्दै हिडेपनि अहिलेको मुख्यमन्त्री काण्डले एमाले भित्रको गुट छताछुल्ल भएको छ ।
मुख्यमन्त्री मात्र होइन मन्त्री नियुक्तिमा पनि महासचिव पोखरेलले एकलौटी गरेको पौडेल निकट सांसदहरुको आरोप छ । बुधबार एमालेबाट मन्त्री बनेका चारजना पोखरेल निकट र खेम सारु पौडेल निकट मानिन्छन् ।
संसदीय दलका नेता र प्रमुख सचेतकले पदबाट राजीनामा दिएपछि एमालेमा नयां विवाद बल्झिीएको छ ।