रुपन्देहीमा पालिकास्तरीय समाजवादी मोर्चा गठन

बुटवल, साउन ११ गते । रुपन्देहीमा समाजवादी मोर्चा नेपालको पालिका स्तरीय समिति गठन गरिएको छ । जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तरगत रुपन्देहीको सियारी र सुद्धोधनमा समाजवादी मोर्चा गठन गठन भएको छ ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्व नेकपा, नेकपा एकीकृत समाजबादी सहितका दलहरुको समाजवादी मोर्चामा सहभागिता छ ।
सियारीमा नेकपा गाउं कमिटी इन्चार्ज मुकेश सीको अध्यक्षतामा र सुद्धोधन गाउपालिकामा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको अध्यक्षता समाजवादी मोर्चा गठन गरिएको छ ।

सियारीमा मुकेश सी नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिला सहित ३, ३ जना रहेको ९ सदस्यीय गाउं समिति गठन भएको छ । जसमा नेकपाबाट दिपक सी, सबित प्रधान, नेकपा माओवादी केन्द्रबाट यज्ञबहादुर थापा, चित्रकुमारी भुसाल, रामबहादुर थारु, नेकपा एकीकृत समाजबादीबाट बिजयकुमार यादब बुद्धिराम यादब र तुलसीराम यादब रहनुभएको छ । यस्तै सुद्धोधनमा नेकपा माओवादी केन्द्रका मणिप्रसाद खनालको नेतृत्वमा १,१ जना महिला सदस्यसहित ९ सदस्यीय गाउं समिति गठन गरिएको छ । जसमा नेकपाका छवि सी, इश्वरी सी उमा सी, नेकपा माओवादी केन्द्रका चिन्तामणी गैरे, शारदा घिमिरे रहेका छन् ।

समाजवादी मोर्चाको घोषणा कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा समाजबादी मोर्चा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त सीको प्रमुख आतिथ्यता भएको थियोे। उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा समाजबादी मोर्चा रुपन्देही अध्यक्ष शरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जीसी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला उप सचिव टंक पोखरेल, नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तिरबहादुर रोकाय लगायतको उपस्थिति रहेको थियोे ।
नेकपाका जिल्ला सदस्य तथा सियारी,सुद्धोधनका इन्चार्ज मुकेश सीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

यस्तै तिलोत्तमा नगरपालिका र सिद्दार्थनगर नगरपालिकामा पनि पालिका स्तरीय समाजवादी मोर्चा गठन गरिएको नेकपा नेता शरद ओलीले जानकारी गराएका छन् ।