पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको वार्षिक समिक्षा
बुटवल, साउन ११ गते । लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले वार्षिक वित्तिय प्रगति ७१ प्रतिशत बढी हासिल गरेको छ । उसले बुटवलमा वार्षिक समिक्षा कार्यक्रम तथा गोष्ठी आयोजना गरी २०८०।०८१ को वार्षिक वित्तिय प्रगति ७१।९३ ५ प्रगति भएको सार्वजनिक गरेको हो ।
मातहतका १७ वटै कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सम्बन्धित क्षेत्र संघीय र प्रदेशका आधिकारिक प्रतिनिधिहरुको सहभागितामा बुटवलमा बिहीबार र शुक्रबार वार्षिक समिक्षा गोष्ठी आयोजना गरी वार्षिक लक्ष्य तथा प्रगतिबारे पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जानकारी गराएको हो ।
कार्यालय र मातहतका कार्यालयहरुको समेत जोडेर मुलबजेटको आधारमा वित्तिय प्रगतिः ७१।९३ ५ प्रगति हासिल गर्न सफल भएको हो ।लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आर्थिक बर्ष २०८०÷०८१ को समिक्षा गोष्ठी मा निर्देशक डा प्रवेश सिंह कुँवरले उक्त प्रगति हासिल गर्न सफल भएको बताएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा नम्रता सिंहले कृषि तथा पशुपालन क्षेत्रमा प्रदेश सरकारले लिएको लक्ष्य अनुसारको योजनाबद्ध विकासमा मन्त्रालय लागेको बताइन । उनले आगमी वर्ष यो भन्दा अझै प्रगति हुने गरी काम गर्न आग्रह गरिन् । उनले सरकारले लिएको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए अनुसारको आशातित प्रतिफल प्राप्त गर्नको लागि सबै मातहतका कार्यालयहरुले महत्पूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा। प्रवेशसिंह कुँवरले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा मातहतका कार्यालयहरुले गर्नुपर्ने दायित्वको विषयमा प्रकाश पारेका थिए । सबैले एकरुपताका साथ काम गरेपछि वार्षिक प्रगतिलाई सय प्रतिशत पुराउन सकिने र आगमी दिनमा सय प्रतिशत पुराउने गरी काम गर्न मातहतका कार्यालयहरुलाई निर्देशन गरे । उनले यो अहिलेको विषम अवस्थामा पनि सन्तोषजनक काम भउको बताए ।
बरिष्ठ पशु चिकित्सक लोकराज भुसालले सुधार गर्न बांकी रहेपनि अहिलेको विषम अवस्थामा कामको मुल्याकंन गर्दा सन्तोषजनक देखिएको र विगतका वर्षहरुमा भन्दा केही बढी प्रगति भएको जानकारी गराए ।
समिक्षा गोष्ठीमा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख सन्देश धिताल, घनश्याम चौधरी, संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका संघीय कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका बरिष्ठ पसुविकास अधिकृत जिवलाल पौडेल लगायतको आतिथ्यता रहेको थियो । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय अन्र्तगतका जिल्ला स्थिति भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कुखुरा विकास फार्म, पशुसेवा तालिम केन्द्र, एकिकृत कार्यालय, पशुरोग अन्वेशषण प्रयोगशाला, मत्स्य विकास फार्म लगायतका १७ वटा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।