नेकपामा नयां सदस्यलाई स्वागत
विनोद खनाल
बुटवल, साउन १३ गते । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गर्दै एक दर्जन बढी नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
शनिबार एक कार्यक्रमवीच सियारी गाउंपालिका वडा न ६ का लामो समय कम्युनिस्ट आन्दोलनमा भुमिका निर्बाह गरेका शंकरप्रसाद थारुका छोरा त्रिभुवन थारु, नेकपा माओवादी केन्द्रका प्रमोद आचार्यलगायत एक दर्जन भन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
अन्य प्रबेश गर्नेहरुमा नेकपा एमालेबाट कृष्ण माया थारु, रुद्रकुमारी थारु, प्रदेशी केवट, राजु हरिजन, छेदीप्रसाद थारु, बिष्नुप्रसाद थारु, उषा देबि चौधरी, माया थापा, श्री निवास थारु, जमुना कुमारी थारु, नरेश थारु र लक्ष्मी थारु यस्तै राप्रपाबाट अशोक कुमार हरिजन लगायत रहेका छन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज वसन्त सीले अहिलेको देशको संकटको समाधान एकीकृत जनक्रान्ति माध्यमबाट नेपाली विशेषताको समाजबादले मात्र गर्ने भएकाले आम उत्पीडित तथा श्रमिक जनता, राष्ट्रिय पंूजीपती, देशभक्त, बामपंथी, प्रगतिशील र सच्चा लोकतन्त्रबादी एकठाउँमा हुन अनिवार्य आवस्यक भएको बताएका थिए ।
कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी, सियारी, सुद्धोधन गाउंपालिका इन्चार्ज मुकेश सी, सेक्रेटरी दिपक सी लगायतको उपस्थिति रहेको थियोे ।