अखिल छैठौं रुपन्देहीमा नयां नेतृत्व

बुटवल, साउन १३ गते । अखिल छैठौं रुपन्देहीको तेस्रो जिल्ला भेलाले नयां नेतृत्व चयन गरेको छ । बुटवलमा सम्पन्न तेस्रो जिल्ला भेलाले कुलचन्द्र शर्मा अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको हो ।

जिल्ला भेलाबाट कुलचन्द्र शर्माको नेतृत्वमा ११ सदस्यीय रुपन्देही जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा कल्पना क्षेत्री, सचिव बिमल खरेल,सह–सचिव माधवराज विश्वकर्मा, कोषाध्यक्ष सागर एमसी रहेका छन् । त्यस्तै सदस्यहरुमा अविनाश खड्का, पुजा थापा, लक्ष्मी बन्जाडे, अप्लाव आलम, सरिना विश्वकर्मा, किरण सुनार लगायत रहेका छन् ।
भेलाले सरोजमान सिंह र सागर बेल्बालाई सल्लाहाकारमा चयन गरेको अखिल छैठौंका नेता रिसब आचार्यले जानकारी गराए ।

उक्त भेलामा बोल्दै अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंहले राज्य गैरजिम्मेवार हुंदा अत्यधिक र अनियन्त्रित विद्यार्थी विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको बताए । बालबालिकालाई राज्यप्रतिको निराशाबाट बाहिर निकाल्न अखिल छैठौंले निरन्तर कोसिस गरिरहेको बताउंदै बालबालिकालाई संगठितत गर्नुपर्नेमा जोड दिए विद्यार्थी नेता सरोमान सिंहले ।

वामपन्थी नेता सुरेश थापाले देश जटिल परिस्थितिमा गएको हुंदा अब युवा विद्यार्थीले बुर्जुवा पार्टीकाविरुद्ध संघर्ष गर्दै देशलाई र देशको शिक्षा नितिलाइ फरक सिराबाट अगाडि बढाउनु पर्ने बेला आएको बताए ।
कार्यक्रममा कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य र राजमो रुपन्देही अध्यक्ष टानबहादुर केसीले दक्ष जनशक्ति विदेश पलायन हुंदा देशभरका क्याम्पसहरु खाली हुंदै गएकाले त्यसका विरुद्द अखिल छैठौंले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अखिल छैठौं जिल्ला अध्यक्ष सागर बेल्बासेको अध्यक्षता, केन्द्रीय सचिव सरोजमान सिंहको प्रमुख आतिथ्यता, कोषाध्यक्ष विमल खरेलको सञ्चालन र जिल्ला सदस्य सागर एमसीको स्वागतमा कार्यक्रम भएको थियो ।