नवलपरासीमा एक जनाको हत्या


बुटवल, साउन १४ गते । पश्चिम नवलपरासीमा एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षिय सूर्यकुमार भनिने रोशनकुमार बढईको धारिलो सोमबार बिहान हतियार प्रयोग गरी हत्या भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आफ्नै घरमा सुतिरहेका बढईको घाँटी काटेर हत्या गरिएको हो । बढई आफ्ना भाईसँगै कोठामा सुतेका थिए । ढोका खुला राखेर सुतेका बढईको हत्याको समयमा भाईले थाहा नपाएको बताइएको छ ।
घ्यार घ्यार आवाज सुनेपछिसँगै सुतेका भाईले अर्को कोठामा सुतेका परिवारलाई खबर गरेका थिए । घरमा हजुरबुबा, हजुरआमा र मृतककी आमा थिइन । परिवारजनले बत्ति बालेर हेर्दा घाँटी काटेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको केही बेरमै घरमै मृत्यु भएको बताइएको छ । बिहान ५ बजे खबर गरेका कारण हत्या बिहानको ४ बजेदेखि साढे ४ बजेको बीचमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई के कति कारणले हत्या गरियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।