संविधानको अपहेलना गरी बर्खास्त –अमिक शेरचन

बुटवल, साउन १५ गते । केन्द्रमा कांगे्रस र एमालेको गठबन्धनपछि नयां सरकार बनेपछि बर्खास्तमा परेका लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको अपहेलना गरी बर्खास्त गरिएको बताएका छन् ।
केन्द्रमा नयां सरकार बन्दा प्रदेश प्रमुखहरुलाइ हटाउनु राम्रो पक्ष नभएको अमिक शेरचनको गुनासो छ । मंगलबार प्रदेश प्रमुख कार्यालयमा नै पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिने कार्य स्वीकार्य नभएको बताए ।
उनले केन्द्रको राष्टपति जस्तै प्रदेश प्रमुखहरुलाई पुरा कार्यकाल काम गर्न दिनुपर्ने बताउंदै भने सरकार वरिवर्तन हुंदैमा बिचैमा हटाउने परिपाटी संविधान सम्वत उपयुक्त छैन उनले भने ।
सरकारले मलाई हटाएपनि म सरकारप्रति पूर्वाग्राही नभएको बताउंदै पूर्वाग्राहीका कारण संविधान कार्यानवयन हुन नसकेको दावी गरे ।

मलाई सरकारको तर्फबाट अफठ्यारो पार्ने काम नभएको उल्लेख गर्दै बुटवल तथा खस्यौलीको गौरवका लागि पनि यो प्रदेश कार्यालय अन्यत्र सार्न नहुने र यही ठाउंमा स्थापित गर्नुपर्छ अब कस्तो खालको प्रदेश प्रमुख आउछन्, पत्रकार साथिहरु तपाइहरुले ख्याल गर्नुहोला भने ।प्रदेश प्रमुखको पदबाट बर्खास्तमा पर्नसाथ गत ३, ४ गते नै हिड्ने सोंच बनाएर सबै लत्ताकपडा घर पठाइ सकेको र मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिनका लागि केही दिन पर्खनुस भनेका कारण आजसम्म बस्नु परेको जानकारी गराए । अन्तिममा गएर मुख्यमनत्रीको राजीनामा आयो त्यसपछि नयां मुख्यमन्त्रीले केही दिनका लागि बस्न आग्रह गरेका कारण आफु आजसम्म रहेको र अब भोली नै हिड्छु, मलाई कुनै पद र सम्पतिको रहर छैन ।

आफ्नो अनुभव सुनाउंदै प्रदेश प्रमुख शेरचनले पोखरामा भन्दा बुटवलमा आफुले बढी सद्भाव पाएको बताउंदै बुटवलमा बसेर निजामती ऐन र प्रहरी ऐन प्रमाणिकरण गर्न पाउंदा सबै भन्दा बढी खुशीको क्षण रहेको स्मरण गरे ।

उनले दलका नेता, संसदीय दलका नेता र सांसदहरु केन्द्रमा गएर पहुंचको आधारमा काम गर्दा संविधान अनुसार संघीयता पालना नभएको बताए ।
आफु जीवनमा कमाउ धन्दामा नलागेको बताउंदै मेरो कार्यालयकालमा गलत गर्नेहरुलाई कारवाही स्वरुप हटाएको दावी गरे । आफ्नो पिताले चितवनको दिव्यनगरमा सम्पतिको रुपमा दिएको १२, १५ विघा जमिन राजनीतिक कार्यक्रम र पार्टी सञ्चालनमा खर्च गरेको जानकारी गराए ।अहिले आम्दानीको स्रोत २ विघा जमिनको खेतीबाट उत्पादन हुने कृषि बाली रहेको उल्लेख गर्दै अन्य आम्दानीको कुनै स्रोत नभएको जानकारी गराए । ललितपुरमा निकेको दुइ तले पुरानो घरको अहिले पनि बैंकको ऋण तिर्न पचासौ लाख बांकी रहेको बताउंदै राजनीतिक जीवनमा कहिल्यै कमाउने कामा नलागेको दोहोराए ।

लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारी पाएको ३ वर्षमा प्रदेश सभाबाट पारित १५ वटा विद्येयक प्रमाणिकरण गरेको र ९३ वटा विभिन्न सामाजिक, शैक्षिक र औद्योगिक कार्यक्रममा सहभागी भएको जानकारी गराए ।
प्रदेशलाई बलियो बनाउन प्रदेश भित्रका खनिज पदार्थ उत्खनन्का लागि प्रदेशलाई अधिकार दिनुपर्ने र प्रदेशलाई अधिकार दिएमा आर्थिक रुपले प्रदेश बलियो हुन सक्ने उनको तर्क छ ।