आर्थिक अनुसन्धान केन्द्रको अध्यक्षमा हुमराज भुसाल
बुटवल, साउन २० गते । आर्थिक अनुसन्धान केन्द्रको दोस्रो अधिवेशन भएको छ । विकासका लागि अनुसन्धान अभियानका साथ लुम्बिनी प्रदेश भित्र कार्यक्षेत्र रहने गरी २०७८ साल लुम्बिनी प्रदेश सरकारमा दर्ता भएको संस्था हो ।
दोस्रो अधिवेशन केन्द्रका सस्थापक अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनमा अध्यक्ष हुमराज भुसालले सस्थाको कार्य प्रगति र आगामी योजना समेटिएको पेस गरिएको प्रतिवेदन अधिवेशनले पास गरेको छ ।त्यस्तै कोषाध्यक्ष जीवन परियारले पेश गरेको आर्थिक प्रतिवेदन पनि पास भएको छ ।
अधिवेशनले हुमराज भुसाल अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । केन्द्रको उपाध्यक्ष प्रशान्त रावल, सचिव राजेन्द्र भुसाल, कोषाध्यक्ष जीवन परियार रहेका छन् । कार्यसमिति सदस्यहरुमा यमबहादुर कार्की, भोजराज पंगेनी, भोजराज न्यौपाने र निर्मल हुमागाईं रहेका छन् ।