लायन्स क्लव अफ बुटवल भृकुटी टाउनद्दारा आर्थिक सहयोग

बुटवल, साउन २० गते । लायन्स क्लव अफ बुटवल भृकुटी टाउनले बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । बाढीबाट पीडित क्लवका सदस्य रामकृष्ण पौडेल, बिना पौडेल र सन्दिप पौडेललाई आर्थिक सहयोग गरिएको क्लवका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक दीपक कार्कीले जानकारी गराए ।

नवलपरासीको दाउन्नेमा सञ्चालित होटलसहित घर गत असार २७ गतेको बाडीले बगाएको थियो । क्लवका व्यवसायिक सदस्यहरु बाढीबाट पीडित भएपछि पीडितहरुकै घरमा पुगेर आर्थिक सहयोग गरिएको हो ।
डिष्ट्ीक डिजास्टर लायम मिना पन्थीको विशेष पहलमा आर्थिक सहयोग गरिएको हो । डिष्ट्ीक ३२५ पी नेपालका गर्भनर लायन पूरुषोत्तमभक्त प्रधानांगको प्रमुख आतिथ्यतामा बाढीबाट पीडित क्लवका सदस्यहरुलाई आर्थिक सहयोग गरिएको थियो ।
क्लवका साथिहरु बाढीका कारण पीडित हुने अवस्था आएपछि क्लवको सक्रियतामा केही भएपनि सहयोग होला भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको क्लवका पूर्व अध्यक्ष दीपक कार्कीले बताए ।